काठमाण्डु - जुवा खेलिरहेका १९ नेपाली पक्राउ भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोबाट पक्राउ परेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालनमा रहेको कालिङ्गा क्यासिनोमा कानूनविपरीत नेपालीहरू जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीको अप्रेसनबाट क्यासिनो म्यानेजरसहित…