काठमाण्डु – नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको उपस्थितिमा नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशीलाई कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम (कोडिस) डीएनए सफ्टवेयर तथा रेडियन एट्मोस्फेरिक प्रेसर सोलिड्स एनालाइसिस प्रोब (एएसएपी) मास स्पेक्ट्रोमिटर ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट हस्तान्तरण गरेको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीमा बुधबार आयोजित कार्यक्रमबीच प्रविधि हस्तान्तरण गरिएको हो…