भैरहवा – गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित सीमा सुरक्षा गुल्मको सोमबार स्थलगत निरीक्षण भ्रमण गरेका छन् । मंगलबारबाट लुम्बिनी प्रदेशबाट सुरु हुन लागेको प्रदेशस्तरीय सुरक्षा गोष्टीको पूर्वसन्ध्यामा गृहमन्त्री अर्याल सोमबार रुपन्देहीको भैरहवा आएका हुन् । मन्त्री अर्यालले सोमबार एकीकृत जाँच चौकीको निरीक्षण भ्रमण…