प्रहरी अधिकृतलाई नवनियुक्त आइजीले दिए यस्तो निर्देशन

काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी सङ्गठनले अख्तियार गरेको नीति तथा कार्ययोजना कार्यान्वयनमा उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न प्रहरी अधिकृत तथा कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आज प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै महानिरीक्षक ज्ञवालीले सङ्गठनले स्थापित गरेको मूल्यमान्यतालाई आत्मसात गरी दायित्व पूरा गर्न आग्रह गरे । पीडितमैत्री, नागरिक केन्द्रित…