काठमाडौं– सहायकरथीहरु अशोकराज सिग्देल र गोकुल भण्डारी उपरथीमा बढुवा भएका छन् । मन्त्रीपरिषद्को आश्विन १७ गते बसेको बैठकले दुवै जनालाई उपरथीमा बढुवा गरेको हो । उपरथी दर्जामा पदोन्नति भएका निरिक्षणाधिकृतको कार्यालयका सहायकरथी सिग्देल र पश्चिम पृतना हेडक्वार्टरका सहायकरथी भण्डारीलाई शनिवार सैनिक मञ्च टुंडिखेलमा आयोजित फूलपाती बढाईं समारोह पश्चातको विशेष कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको…