बारा – जिल्लाको महागढीमाई नगरपालिकास्थित गञ्जभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले प्रहरी नायव निरीक्षक जट्टाशंकर साह कलवारलाई ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । कपडा ब्यापारीलाई तस्करीको लाइन मिलाई दिने भनी प्रहरी नायब निरीक्षक कलवारले घुस मागेको अख्तियार स्रोतले जनाएको छ…