चीनको स्वशासित क्षेत्र तिब्बतको कोराला नाका नजिक नेपाली सेनाको क्याम्प

मुस्ताङ - उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा आइतबारदेखि सेनानीको नेतृत्वमा क्याम्प स्थापना गरिएको हो। जोमसोमस्थित बज्रदल गणअन्तर्गत रहने गरी स्थापना भएको क्याम्पमा हाल ५० जना सेनाको टोली खटिएको छ। क्याम्प रहेको स्थान समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको छ।…