कृष्णप्रसाद अधिकारी हत्याकाण्ड :छबिलाल पौडेल कारागार चलान

काठमाडौं– सर्वाेच्च अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी कारागार चलान भएका छन्। पौडेलले आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका थिए। अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ। ६ पुस २०७२ मा सर्वोच्चले पौडेललाई थुनामा राखी मुद्दा किनारा लगाउन फैसला सुनाएपनि उनी उपस्थित भएका थिएनन्।…