विराटनगर - जिल्ला प्रहरी कार्यालय मोरङले आउदो दशैँ, तिहार, म्हँ पूजा, छठपर्व सर्वसाधारण जनताले हर्षोउल्लास रुपमा मनाउने वातावरण बनाउनका लागि विशेष सुरक्षा रणनीति अपनाउने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा बुधबार आयोजित समुदायसँग चिया कार्यक्रमको आयोजना गरी चाडपर्वको बेला धेरै भीडभाड हुने स्थानमा सादा पोशाकमा प्रहरी खटाउनुका साथै पैदल र साइकल गस्ती गर्ने प्रहरीको…