काठमाडौं– ७ लाख भारतीय रुपैयाँसहित राजधानीबाट एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त गौशलाले भारत बिहारका रामसागर भगतलाई ७ लाख भारुसहित जयबागेश्वरीबाट पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौका डीएसपी मोहनकुमार थापाका अनुसार अवैध रुपमा मुद्रा सटही गर्न लागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।