नेपाली सेनाका दुई अधिकारीलाई कोर्ट मार्सल लगाउने तयारी

काठमाण्डु - नेपाली सेनाले २ जना अधिकारीमा कोर्ट मार्सल लगाउने तयारी गरेको छ । सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाली सेनाका सहायक रथी रोशन खड्कामाथि थप कारबाही गर्न कोर्टमार्सल गठन भएको छ । सेनाको प्रारम्भिक अनुसन्धानका क्रममा सहायक रथी खड्काले कल्याणकारी कोषमा रहँदा अनियमिततामा संलग्न भएको पुष्टि भएको छ ।…