काठमाण्डु – महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवको अवसरमा सेना दिवस २०८१ बुधबार विविध कार्यक्रमहरूसहित मनाइएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको सुरुमा प्रमुख अतिथि राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पहार चढाइ सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही २०८१ विमोचन गर्नुका साथै फ्री–फल…