काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रवन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा गृहमन्त्रीसहित ४ वटै सुरक्षा निकायका प्रमुखहरूसँगको भेटघाटमा राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिएका हुन् । राष्ट्रपति पौडेलले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति…