काठमाण्डु – नेपाल प्रहरीका ११ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले सूची प्रकाशित गर्दै लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डुका एसएसपी सुदर्शन प्रसाद कोइरालालाई १ नम्बरमा सिफारिस गरेको छ । डीआईजीमा बढुवाका लागि क्रमशः बिनोद घिमिरे, दिपेन्द्र घर्ति क्षेत्री (जिसी), दिपक रेग्मी,…