काठमाण्डु–प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । उनी मंगलबार दिउँसो दिल्ली तर्फ लागेका हुन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निम्तोमा उनी भारत तर्फ लागेका हुन् । दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ जनरलको दर्ज्यानी चिह्न दिएर सम्मान गर्ने प्रचलन अनुरुप सिग्देल भारत गएका हुन् । सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग…