अन्तर मावि आईजीपी रनिङ ट्रफी फूटबलमा सशस्त्र प्रहरी विद्यालयको टीम प्रथम

काभ्रेपलाञ्चोक – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित कार्यक्रमबीच नेपाल पुलिस स्कूल साँगामा सञ्चालित ३०औं अन्तर माध्यमिक विद्यालय आईजीपी रनिङ ट्रफी फूटबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा आईजीपी कुँवरले विजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरूलाई प्रमाणपत्र प्रदान गरे ।…