काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाण्डु जिल्ला अदालत परिसरमा आक्रमण गर्ने एक जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाका संस्थापक उपसभापति रहेको खुलेको छ । त्रिपाठीमाथि आक्रमण गरी पक्राउ परेका मध्ये महेन्द्र पाण्डे भनिने महानन्द जैशी रास्वपा हुम्लाका संस्थापक उपसभापति भएको खुलेको हो । त्रिपाठीमाथि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा…