काठमाण्डु-बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासमा २६२ औँ नेपाली सेना दिवस मनाइएको छ । त्यस अवसरमा ब्रिटिस सेनापति चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकर प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । त्यस्तै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, लन्डनस्थित मित्र राष्ट्रका सैनिक सहचारीहरू, सरकारी अधिकारीहरू, सैनिक अधिकृतहरू, सञ्चारकर्मी र बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि…