काठमाण्डु– डिजिटल लजिक प्रालिले नेपाल प्रिमियर लिग (एनपीएल) को कमर्सियल राइट्सको अधिकार किनेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बोलकबोल मार्फत ५ करोड ९२ लाख रुपैयाँमा लजिकलाई स्ट्राटेजिक एण्ड कमर्सियल राइट्सको अधिकार ब्रिकी गरेको हो । अब खेलको प्रचार प्रसार व्यवस्थापनदेखि, लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको स्वामित्व कम्पनीसँग हुनेछ…