काठमाण्डु – काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत सोमबारको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । नेपालले माल्दिभ्समाथि पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित गर्यो ।…