काठमाण्डु– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ६८ रनमा अलआउट भयो। नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक १४ ,रोमा थापा १४ र रुविना क्षेत्रीले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर जोड्न सकेनन्। त्यसअघि कीर्तिपुरस्थित त्रिवि…