अष्ट्रेलियाले जित्यो पटक सातौं महिला टी-२० विश्वकप

काठमाण्डु - महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । फाइनलमा इङ्ल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले कीर्तिमानी सातौं पटक महिला टी-२० विश्वकप जितेको हो। इङ्ल्यान्डले जितका लागि दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाली टोलीले १७.१ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा गर्‍यो। अस्ट्रेलियाकी बेथ मुनीले ४९ बलमा १० चौकासहित ६४ रन बनाइन् भने फोबी लिचफिल्डले ३५ बलमा…