विश्वकप फुटबल : इङ्गल्यान्ड, क्रोएसिया र घाना नकआउट चरणमा

काठमाण्डु - जारी फिफा विश्वकप फुटबल २०२६मा इङ्गल्यान्ड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । गए राति भएको खेलमा इङ्गल्यान्डले पानामालाई २–० गोल अन्तरले पराजित गर्‍यो । इङ्गल्यान्डको जितमा जुड बेलिङ्घमले ६२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ह्यारी केनले ६७ औँ मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे ।…