काठमाण्डु राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा पाटन क्याम्पस र रत्नराज्य क्याम्पस क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार ताहचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल)लाई २५–१७ र २५–२२ को सोझो सेटमा पराजित गर्यो । जितसँगै पाटन समूह विजेता बन्यो । यो समूहमा २ टिम मात्र रहेकाले अस्कल पनि उपविजेतका…