काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को ६०औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उनले चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपालले राम्रो नजिता हासिल गरेको स्मरण गरे । उनले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले…