काठमाण्डु- आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल निर्धारित समयभन्दा ढिलो हुने भएको छ । आइतबार न्यूयोर्कस्थित नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुने भएको खेल बर्षा भएपछि ढिलो हुने भएको हो । अहिले बर्षा रोकिएपनि मैदानमा पानि भएकाले खेल केही ढिलो सुरु हुने भएको छ ।…