काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वमाथि लागेको आरोपबारे छानविन हुनुपर्ने माग संसदमा उठेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद भीम आचार्यले क्यानको नेतृत्वमाथि आर्थिक अपचलनदेखि नेपाललाई नै हराउन लागेको आरोप लागेकाले त्यसको छानविनका लागि आयोग गठन गर्न माग गरेका हुन्। क्यानमाथि लागेको आरोप नेपालको शीर निहुराउने खालको भएकाले छानबिन गरेर दोषीमाथि…