युरो कप २०२४ आजदेखि सुरु हुँदै (खेल तालिकासहित)

काठमाण्डु–युरो कप २०२४ शुक्रबारदेखि जर्मनीमा सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक जर्मनीले स्कटल्यान्डको सामना गर्नेछ । विश्व कपपछिको बहुप्रतीक्षित मानिने प्रतियोगितामा युरोपका २४ टिमको सहभागिता रहने छ । यसपालि जर्जिया युरो कपमा नवप्रवेशी टिमका रूपमा डेब्यु गर्दैछ । अल्बानिया, स्लोभेनिया, सर्बिया र रोमानियाले यसपटक प्रतियोगितामा पुनरागमन गर्दा स्विडेन, रुस र वेल्स जस्ता टिम प्रतियोगिता बाहिरै रहने भएका…