काठमाण्डु- नेपालले आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । बुधवार दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो…