प्रधानसेनापति ट्रफी २०८२ प्रतियोगिता सुरु

काठमाण्डु – प्रधानसेनापति ट्रफी २०८२ खेलकुद प्रतियोगिताको मंगलबार उद्घाटन गरिएको छ । मंगलबार जङ्गीअड्डास्थित खेल मैदानमा प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गरेका हुन् । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ विक्रम संवत् २०६५ सालबाट प्रधानसेनापति ट्रफी प्रतियोगिताको सुरुवात भएको हो ।…