काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताबाट कर्णाली याक्स बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मंगलबार भएको खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै कर्णाली १ खेल अगावै प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको हो । मंगलबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा २ विकेट…