८ महिना लामो उपचारपछि भोलि स्वदेश फर्कदै सावित्रा

काठमाण्डु – राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड खेलाडी सावित्रा भण्डारी मंगलबार स्वदेश फर्कन लागेकी छन् । ८ महिना भन्दा लामो समयको उपचारपछि उनी भोलि नेपाल फर्कन लागेकी हुन् । उपचारका लागि उनी असार १२ गते कतार गएकी थिइन् । सावित्राको असार ३१ गते कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा दायाँ घुँडाको शल्यक्रिया गरिएको थियो…