पोखरा - पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आज सम्पन्न दुई खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र सुदूरपश्चिम प्रदेश विजयी भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धाको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो । यसैगरी दोस्रो खेलमा सुदूरपश्चिमले घरेलु टोली गण्डकी प्रदेशमाथि छ विकेटको जित निकालेको खेलमा…