महिला साफको फाइनल: बंगलादेशले लियाे अग्रता

काठमाण्डु - साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाललाई बंगलादेशले १ ० ले पछि पारेको छ । सोमबार दशरथ रंगशालामा जारी सेमिफाइनलमा नेपालविरुद्ध बंगलादेशले १४ औं मिनेटमा गोल गर्न सफल भएको हो । मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएकी छन् । यसअघिका पाँच साफ मध्य चारको फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।