काठमाण्डु- बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आइतबारदेखि सम्पर्कविहीन छन् । नाबालिग बलात्कार आरोपमा प्रहरीको फरार सूचीमा रहेका क्रिकेटर लामिछानेले आइतबार नै आफू नेपाल आउन लागेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई जानकारी दिएका थिए । तर, उनी हालसम्म नेपाल आइपुगेका छैनन् । आइतबारदेखि सन्दीपको क्यानसँग पनि कुनै सम्पर्क भएको छैन् ।…