उत्कृष्ट बलिङमा नेपालको विजयी सुरुवात

काठमाण्डु- नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत विजयी सुरुवात गरेको छ । शुक्रबार घरेलु टोली ओमानमाथि ३९ रनको जित निकाल्दै नेपालले सुखद् सुरुवात गरेको हो । १ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रन बनाउँदै अलआउट भएको हो । ओमानका लागि नासिम खुसीले सर्वाधिक २४ रन बनाए ।…