अफ्रिदीको पहिलो बलमा पवनले हाने छक्का

काठमाण्डु - एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको बलिङमा नेपालका खेलाडी पवन सर्राफले छक्का र चौका प्रहार गरेका छन् । अफ्रिदीले बलिङ गरेको छैटौं ओभरमा पवनले एक छक्का र एक चौकासहित १२ रन जाड्न सफल भए । उक्त ओभरमा ललितपुरले १४ रन जोडेको थियो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर…