काठमाण्डु - नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले माजिया स्पोर्टस एन्ड रिक्रिएसन क्लबबाट माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल खेल्ने भएका छन् । शनिबार किरणले माल्दिभ्सको क्लबसँग एक वर्षका लागि सम्झौता गरेका हुन् । यसअघि माल्दिभ्सकै टिसी स्पोट्र्सका लागि खेलेका उनी उत्कृष्ट गोलरक्षक समेत बनेका थिए । किरणले यसअघि भारतको राउन्ड ग्लास पन्जाबको कप्तानी गरेका थिए…