काठमाण्डु – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल बुधबार हुँदै छ । पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको सनसनीपूर्ण जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ। यो खेल दिउँसो नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ। नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज नेपालले दोस्रो खेल खेल्न लागेको हो।…