काठमाण्डु – आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १४१ रनको लक्ष्य दिएको छ । आईतबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको हो । नेपालका ओपनर आसिफले ५१ रनको अर्धशतकीय इनिङ खेले ।…