काठमाडौं – दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तेह्रौं संस्करणअन्तर्गतको खेलमा नेपालले भुटानसामु २३७ रनको विशाल चुनौती पेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २३६ रन जोड्यो । नेपाललाई विशाल योगफलतर्फ अघि बढाउने क्रममा लामो समययता फर्ममा नरहेका कप्तान ज्ञानेन्द्र मल्लले शानदार…