एजेन्सी – कोरोना भाइरस संक्रमणबाट स्पेनिस ला लिगा क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लोरेन्जोको ७६ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । भाइरसको संक्रमणपछि लोरेन्जो बिहीबार अस्पतान भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि जाँचमा उनलाई कोरोनाको संक्रमण देखिएको…