काठमाण्डु - एएफसी यू –२३ एसियन कप छनोट बुधबारदेखि सुरु हुँदैछ । बुधबार ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपालले घरेलु टिम ताजाकिस्तानसँग पहिलो खेल खेल्दैछ । नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ सवा ८ बजे सुरु हुनेछ । समूह ‘के’ मा रहेको नेपालले ताजिकिस्तान, फिलिपिन्स र सिरियासँग खेल्नेछ । सेप्टेम्बर ६ मा सिरिया र…