काठमाण्डु- तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) कोे ट्रफी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको छ। नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा १६ चैतदेखि १३ वैशाखसम्म काठमाडौंस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको ट्रफी पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा पोखरा रंगशालामा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अनावरण गरेसँगै पोखराका पाँच स्थानमा प्रदर्शन गरिएको थियो।…