नेपालको महिला क्रिकेट टिम नेदरल्याण्ड्ससँग १० विकेटले पराजित

काठमाण्डु – नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी–२० शृंखलाको पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले दुई बल बाँकी छँदा बिनाविकेट पूरा गर्‍यो । नेदरल्याण्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका र २…