काठमाण्डु - एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा उपाधि जित्न सिङ्गापुरले नेपाललाई ११४ रनको सामान्य लक्ष्य दिएको छ । मलेशियाको बाङ्गीमा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर ५ बलमा ११३ रन मात्र बनाएर अलआउट भयो । सिङ्गापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए । नेपालका सुशीलबहादुर रावल…