काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न सहरमा रंगशाला निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको बुधबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले जानकारी दिएका हुन् । ‘सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । देशका विभिन्न सहरमा रंगशाला निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर…