३ रनले हार्‍यो नेपाल, कुवेतले लग्यो सिरिज उपाधि

काठमाण्डु- हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाअन्तर्गत फाइनल खेलको उपाधि कुवेतले जितेको छ । नेपाललाई ३ रनले हराउँदै कुवेतले सिरिजको उपाधि हात पारेको हो । १७५ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएरु १७१ रन बनायो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ८० रन, नन्दन यादवले ३७ रन र ओपनर आसिफ शेखले २१…