चितवनको सानदार जित, पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिए

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को २५औं खेलमा चितवन राइनोजले सानदार जित हात पारेको छ । चितवनले जनकपुर बोल्ट्सलाई ३२ रन हराउँदै जित निकालेको हो । टीयू क्रिकेट मैदानमा चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा  अल आउट हुँदै १४८  रन मात्र बनाउन सक्यो । जनकपुरकालागि जेम्स निशमले सर्वाधिक ६५ रन जोडे भने आशिफ…