नेपालको पूँजी बजार अझै विकासको चरणमा छ। यस्तो अवस्थामा बजारको सबैभन्दा ठूलो पूँजी भनेको विश्वास हो। तर बजार बन्द भएपछि नेप्से परिसूचकमा देखिएको असामान्य उतार–चढावले त्यो विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ। आइतबार बजार नियमित रूपमा ३ बजे बन्द भयो। सूचक २,६७४.२० अंकमा कायम थियो। त्यसपछि अचानक ड्यासबोर्डमा १,७६९.६० अंक देखियो । ३३ प्रतिशतभन्दा बढीको गिरावट।…